पोखरा।पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा दुईमहिने आधारभूत चिनियाँ भाषा तालिम होटलकर्मीका लागि जारी छ । तालिमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सहयोग गरेका छन् । तालिममा होटल क्षेत्रसँग सम्बन्धित ५० सहभागीले सिकाइ ग्रहण गरिरहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
कोरना भाइरसका कारण अहिले चिनियाँ पर्यटक मात्र नभई संसारभरि नै घुम्ने क्रममा सुस्तता आउँदा पर्यटनमा धक्का लागे पनि भविष्य हेरेर यो तालिम संचालन गरिएको संघले जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न समस्या छिट्टै समाधान हुने विश्वासका साथ उक्त तालिम संचालन गरिएको अध्यक्ष तुलाचनले सुनाए । पछिल्ला वर्षहरुमा पोखरा आउने चिनियाँ पर्यटकको आगमन दर बढ्ने क्रम देखिएको थियो । धेरै चिनियाँ पर्यटकहरु यहाँको प्याराग्लाइडिङ लगायतका साहसिक गतिविधिमा समेत रमाउने गरेका थिए । तर चीनको उहानबाट शुरु भएको भनिएको कोरना भाइरसकै कारण २ हजार ७ सय बढीले ज्यान गुमाएपछि अहिले विश्वव्यापी रुपमा चिन्ता छाएको छ ।
एकै वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ गएको जनवरीबाट नेपाल भ्रमण वर्ष २०२० समेत शुरु भएको अवस्थामा नेपाल आउने पर्यटक संख्या समेत घट्न पुगेको छ । तर कोरोना र अन्य कतिपय समस्या सधैँ विद्यमान नहुने भन्दै संघले तालिममार्फत् चिनियाँ भाषाको ज्ञान व्यवसायी र पर्यटकीय प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरेको हो । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँँ पयर्टक ८० प्रतिशतले घटेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । गत अंग्रेजी महिना जनवरीमा १३ हजार ३ सय ३ जना चिनियाँँ पर्यटक नेपाल आएको र फेव्रुअरी आधा (१६ तारिख) सम्ममा नेपाल आउने पर्यटकको संस्था १ हजार ३ सय ४० मात्र पाइएको छ । यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत मात्र हो ।
गत डिसेम्बरको अन्तिमतिर चीनमा कोरोनाभाइरस फेला परेको थियो । भारस विभिन्न देशमा फैलिए पनि अहिले आएर भाइरसको संक्रमण दर कम देखिएको र मृत्यु हुनेको दर समेत कम भएको भन्दै विश्वका सञ्चारमाध्यमले समाचार बाहिर ल्याएका छन् ।सरकारले भ्रमण वर्षमा ५ लाख चिनियाँँ पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर यो संख्या पुग्नेमा ठूलो आशंका देखिएको छ । चिनियाँँ राष्ट्रिपतिले गरेको नेपाल भ्रमणको खबर संसारभरका सञ्चारमाध्ययले प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गरेपछि नेपाल आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा हुँदै गर्दा कोरोनाको संक्रमण देखिन पुगेको हो ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१