गोरखा । गोरखाको भूकम्पप्रभावित एक विद्यालयलाई नेपाल भारत युथ सोसाईटीले शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ । विहिबार शहीद लखन गाउँपालिका ६ दार्चे स्थित पिपला पोखरी आधारभूत विद्यालयको बार्षिकोत्सवको अवसरमा सोसाइटीका सल्लाहकार आलम र अध्यक्ष प्रेम बरालले विद्यालयका प्रधानध्यापक डिल्लीराम रेग्मी र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण रेग्मीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
भलिवल, फुटवल, भलिवको जाली, ब्याडमिण्टन र कापी कलम सहयोग गरिएको सोसाइटीले जनाएको छ । ‘दुर्गममा विद्यार्थी राम्रोसँग पढ्न पाएका छैनन् । भूकम्पले ढलेको विद्यालय भवन अहिलेसम्म बनेको छैन,’ सल्लाहकार आलमले भने, ‘सहयोग जति सहरी क्षेत्रमा मात्रै गर्छन् । ग्रामिण क्षेत्रमा पुग्न सकेको रहेनछ । सोसाइटीले थप सहयोग गर्छ ।’ विद्यालयको अपुरो भवन पूरा गर्ने र ई लाइब्रेरी स्थापनामा आफ्नो संस्थाले सघाउने उनको प्रतिबद्धता छ । सोसाइटीका अध्यक्ष बरालले पनि विद्यालयले बनाएको प्रपोजलका आधारमा थप सहयोग गर्ने जनाएका छन् । सहयोगको संयोजक पत्रकार तथा विद्यालयका भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष प्रकाश ढकालले गरेका थिए । यो विद्यालयको भवन २०७२ को महाविनाशकारी भूकम्पले ढलाएको थियो । त्यसपछि पनि विद्यार्थीहरु टहरामै बसेर पढिरहेका छन् ।
यसैबीच, विद्यालयले ४६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा अस्थित्व जोगाउनै मुश्किल परेको बताईन् । कार्यक्रममा समाजसेवी खुनप्रसाद रेग्मी, बुद्धी लामिछाने, कमला लामिछाने लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक धनन्जय रेग्मीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१