पोखरा ।पोखरा वडा–१, शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाउँपालिका–१, सेरावेशीमा निःशुल्क आँखा शिविर गरेको छ ।क्लबले जर्मनीका माइकल बाउर र साथिहरुसँगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर गरेको हो ।
सेरावेसीमा नवज्योति थम मावि परिसरमा आयोजित शिविरमा ३ सय ८० जनाको आँखा परीक्षणसँगै औषधि वितरण गरिएको क्लब उपाध्यक्ष एवं शिविर संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । कार्यक्रममा क्लब सचिव इन्दु भट्टराई, सदस्य लक्ष्मी गुरुङ, कृष्णकुमारी गुरुङ र रजनी श्रेष्ठ, मोदी–१ का वडाध्यक्ष भोगबहादुर, नवज्योतिकी प्रअ मीना गुरुङ, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीसँगै स्थानीयको उल्लेख्य सहभागिता थियो । क्लबले यसअघि गत पुसमा मोदी–७, राम्जाठाँटीस्थित पशुपति मावि र माघमा पोखरा–१५ स्थित परोपकार गुरुकुल आश्रममा निःशुल्क आँखा शिविर गरेको थियो ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१