पत्रकार बास्तोलालाई आदित्यध्वज जोशी स्मृति पुरस्कार

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
hari bastola

पोखरा । पत्रकार हरि बास्तोलालाई आदित्यध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।नेपाल राष्ट्रिय कर्मचारी संगठन राससको आइतबार बसेको बैठकले बास्तोलालाई पुरस्कृत गर्ने निर्णय गरेको संगठनका संयोजक प्रेमप्रसाद उपाध्यायले जानकारी दिए ।

राससको ५९ औं वार्षिकोत्सव अवसरमा केन्द्रीय कार्यालय काठमाडौंमा हुने समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बास्तोलालाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्ने कार्यक्रम छ ।२०४५ सालदेखि निरन्तर रासस पोखरा कार्यालयमा सेवारत बास्तोला यसअघि राससको वर्ष उत्कृष्ट आलेख पुरस्कारबाट सम्मानित भैसकेका छन् ।उनीसँगै यस वर्ष सो पुरस्कारबाट रासस केन्द्रीय कार्यालयका विष्णुप्रसाद लामिछाने पनि पुरस्कृत हुने संगठनले जनाएको छ । राससका व्यवस्थापक रहेका स्व.आदित्यध्वज जोशीको काठमाडौं नयाँसडकस्थित घरबाट २०१८ फागुन ७ गतेदेखि राससको सेवा शुरु भएको थियो । संगठनले २०६६ सालदेखि सो पुरस्कार स्थापना गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै