ज्येष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
shreekrishna mander

पोखरा, ४ फागुन । पोखरा–१० रामबजार स्थित श्रीकृष्ण मन्दिर संचालक समिति अन्तरगतको भेलाले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको छ । पोखरा–१० का वडाध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नागरिक मिलन केन्द्रलाई व्यवस्थित एवम् निरन्तर सञ्चालन गर्नको निमित्त सहयोग रकम समेत जुटेको छ ।

सोही भेलाले श्रीकृष्ण मन्दिरद्वारा विगत १० वर्षदेखि सञ्चालन गर्दै आइरहेको असहाय बालबालिका शैक्षिक सहायता अक्षयकोषको व्याजबाट ६ जना असहाय एवम् जेहेन्दार बालबालिकालाई रामबजार स्थित कालिका माविमा विद्यालय पोशाक सहित पढाईमा लाग्ने सम्पूर्ण खर्च छात्रवृत्ति स्वरुप उपलब्ध गराउँदै आएकाmे बतायएको छ ।

श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समूहले स्थापना कालदेखिनै सहकार्य गर्दै हाम्रो धर्म, संस्कृतिको संरक्षण, सम्बर्धन गर्नुको साथै सामाजिक सेवामा आफुलाई समर्पित गर्दै आइरहेको छ । साथै श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रमा ७१–९० उमेर समूहका ३३ जना ज्येष्ठ नागरिक आमा बाबाहरुले सदस्यता लिएका थिए । मन्दिरका संरक्षक गणेशकुमार प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै