पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णले शिव मावि, बन्दीपुर–३, सेराटारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।कक्षा १ देखि १० सम्मका १ सय ३४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
क्लबलाई वेष्टन सिडनी युनिर्भरसिटी अष्टे«लियाबाट ७० हजार रुपैयाँ बराबरको सो सहयोग प्राप्त भएको हो ।
बन्दीपुर गाउँपालिका वडा ३ का अध्यक्ष हस्तबहादुर जिसीले कार्यक्रम उद्घाटन गर्दै पिछडिएको यस गाउँका विद्यालयमा विदेशी सहयोग ल्याई पु¥याउने लायन्स क्लब अन्नपूर्णप्रति आभार व्यक्त गरे ।विद्यालय ब्यबस्थापन समिति अध्यक्ष लीला गिरीले सहयोगले निकै राहत महसुस गरेको बताए ।लायन्स क्लब पोखरा अन्नपूर्णका संस्थापक उपाध्यक्ष ध्रुव श्रेष्ठले लायन्स क्लब मानवीय सेवामा शिक्षा स्वास्थ्यमा सधैँ अगाडि बढेर काम गर्ने संस्था भएको बताए ।
सो अवसरमा परियोजना निर्देशक तथा लायन्स क्लब अन्नपूर्णका सल्लाहकार सोनाम साङ्पोले क्लबले अब मुस्ताङको छैरो भू–क्षय रोक्न ग्याविलिङ वाल र मार्फामा न्यानो कपडा वितरण कार्यक्रम रहेको जानाकारी दिए ।कार्यक्रममा विद्यालय प्रअ दीप खत्रीले विद्यालयलाई यति ठूलो सहयोग गरेकोमा लायन्स क्लब अन्नपूर्ण र विदेशी संस्थालाई धन्यवाद दिएको जानकारी क्लब सचिव गणेश छविले जनाए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१