पोखरा, ६ माघ । गायिका आस्था राउत यतिवेला संकट आइलागेको छ । आवेशमा प्रहरीलाई गालीगलौज गरेर फेसबुक लाइभ गरेपछि उनी सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेकी छिन् । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाउने तयारीसमेत गरेको छ । अहिले सांगीतिक कार्यक्रमका लागि सिक्किममा रहेकी उनी प्रहरीको ‘फरार’ सुचीमा छिन् ।
माघ १ गतेतिर, जुन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आस्था र महिला प्रहरीबीच लफडा भयो ।आस्थालाई माघ ३ गते शुक्रबार सिक्किममा आयोजना हुन लागेको रिम्बी माघी मेलामा प्रस्तुति दिन जानु थियो । उनी झापाको चन्द्रगढी जाने जहाज चढ्न बुधबार दिउँसो दुई बजेतिर त्रिभुवन विमानस्थल पुगेकी थिइन् ।आस्थाकै वयानअनुसार समयमै एयरपोर्ट पुगे पनि जहाज ढिलो उड्ने अनुमानमा उनी बाहिर कफीसपमा कफी पिएर बसिन् । माइकबाट आफ्नो नाम नै अनाउन्स भएपछि हतारिँदै कफीको ग्लास हातमै लिएर उनी सुरक्षा जाँच गर्ने ठाउँमा गइन् ।
त्यहाँ जाँच गर्न बसेकी महिला प्रहरीले उनलाई ज्याकेट फुकाल्न भनेपछि आस्था असन्तुष्ट बनेकी थिइन् । पहिले यसरी चेक गर्दा ज्याकेट खोल्न लगाइँदैनथ्यो, अहिले कडाइ गरिएको छ । आस्थाले आफ्नो हातमा कफी रहेको भन्दै यत्तिकै छामछुम गर्न भनिन् तर प्रहरीले मानिन् ।सार्वजनिक भएको सीसीटीभी फुटेजमा प्रहरीले आस्थाको हातको कफीको ग्लास टेबलमा राखिदिएको र आस्था मुरमुरिँदै ज्याकेट फुकल्न पछाडि फर्किएको देखिएको छ ।आस्थाले ज्याकेट खोलेर एक्सरे मेसिनमा राखिदिएपछि उनको शरीर जाँच भयो । त्यसपछि आफ्नो सामान लिएर अघि बढ्ने क्रममा प्रहरीले उनलाई समातेर कफीको ग्लास लैजान भनिन् । आस्थाले मानिनन् । कफी धकेलाधकेल भयो । त्यही क्रममा प्रहरीले आस्थाको ह्यान्डब्यागमै कफी खन्याइदिन खोजेको पनि देखिन्छ । टेबलमा अलिकति कफी पोखियो पनि ।
अन्ततः आस्था कफी त्यहीँ छोडेर हिँडिन् । जाँदाजाँदै उनले प्रहरीलाई चोरी औंला ठर्डयाएर केही भनेको भिडियोमा देखिन्छ । त्यसको भोलिपल्ट आस्थाले झापाबाट फेसबुक लाइभ गर्दै प्रहरीको व्यवहारमाथि तीव्र आक्रोश पोखिन् ।सीसीटीभी फुटेजमा आवाज नसुनिने यसैका आधारमा विमानस्थलमा भएको घटनाबारे अन्तिम निष्कर्ष निकाल्न सकिँदैन । महिला प्रहरीले आफूलाई अमर्यादित शब्द प्रयोग गरेको आरोप आस्थाले लगाएकी छन् । उक्त आरोपको सत्यता प्रहरी अनुसन्धानबाट मात्रै थाहा हुन सक्छ ।
लोकगायक हरिबहादुर राउत र पवित्रा राउतकी एक्ली सन्तान हुन् आस्था । हरिबहादुर रेडियो नेपालका ‘ए’ श्रेणीका गायक थिए । आस्थाकी आमा भने एसओएस स्कुलकी शिक्षिका हुन् । उनको स्वभावमा जिद्दीपना र घमन्डीपना भने पहिलेदेखि नै छ । घरमा सांगीतिक माहोल भएकाले आस्था बाल्यकालमै संगीत क्षेत्रमा होमिइन् । उनले दुईपटक रेडियो नेपालको राष्ट्रिय बालगीत प्रतियोगितामा दोस्रो पुरस्कार जितिन् । एसएलसीपछि उनले रेकर्ड गरेको ‘सालको पात टपरी गाँसेर‘’ बोलको रिमिक्स गीतले उनलाई चर्चामा ल्यायो ।
आस्था भन्छिन् –‘म सिक्किममा छु, प्रहरीलाई सहयोग गर्न तयार छु’ आस्थालाई संगीत क्षेत्रमा स्थापित गराएको सन् २०१६ मा आएको ‘आधार’ एल्बमले हो । यो एल्बममा समावेश ‘मलाई नेपाली होइन भन्ने कहाँ पाइन्छ ?’ गीत अहिलेसम्म लोकप्रिय छ ।यसैगरी ‘खोइ त मलाई झुम्के बुलाकी’ बोलको गीत पनि उत्तिकै चर्चित छ । ४र५ वर्ष अगाडि रेकर्ड गरेका यी दुई गीतको ब्याज नै अहिलेसम्म खाइरहेको आरोप पनि उनलाई लाग्ने गर्छ । उनले केही फिल्ममा गीत गाएकी छन् ।
पत्रकारिता र आमसञ्चारमा स्नात्तकोत्तर अध्ययन गरेकी आस्था संगीतमा अश्लीलता र उछृङ्खलताकी विरोधी हुन् । उनले महोत्सवहरुमा केही लोकगायिकाहरुले छाडापन फैलाएको भन्दै यसलाई रोक्नुपर्ने आवाज सामाजिक सञ्जालमा उठाएकी थिइन् । त्यसबेला विवादास्पद लोकगायिका ज्योति मगरसँग उनको फेसबुकमा ‘वार’ पनि परेको थियो ।हिट गीत औंलामा गन्न सकिने भए पनि देश तथा विदेशका स्टेज शोहरुमा आस्थाको राम्रै डिमान्ड छ । उनी महंगी गायिका हुन् । स्वदेशका महोत्सवहरुमा गाउँदा ८० हजार लिने गर्छिन । आफ्नो ‘रेट’ मा हत्पती सम्झौता गर्दिनन् । सिंगल गीत रेकर्ड गराउँदा उनले २० हजार रुपैयाँको ‘रेट’ कायम गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१