ए डिभिजन लिगमा मनाङ–थ्रीस्टारले बराबरी खेल्यो

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
Manag vs Three Star, A Division League

पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टारले २-२ गोलको बराबरी खेल्दै समान १÷१ अंक बाँडेका छन् ।

मनाङको जितमा दबै गोल अञ्जन बिष्टले गरेका थिए । मनाङका अञ्जनले खेलको ४८ र ७० औं मिनेटमा गोल गरेका थिए । थ्रीस्टारका तर्फबाट दुबै गोल लाल रामाभराले गरे । थ्री स्टारका रामाभराले खेलको १९ र ८४ औंँ मिनेटमा गोल गरेका थिए ।

खेलको शुरुवाती अग्रता भने लाल रम्मावियले फ्री–किक मार्फत गोल गरेपछि थ्री स्टारले लिएको थियो । त्यसपछि, ३१ औंँ मिनेटमा मनाङका अञ्जन विष्टको प्रहारलाई थ्रीस्टारका गोलकिपरले बचाए ।

त्यस्तै, ३९ औंँ मिनेटमा मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाँउदै थ्रीस्टारका शिव सुवेदीले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । खेलको ४१ औंँ मिनेटमा मनाङका विमल रानाले डिबक्स भित्रबाट भएको मौकाको सदुपयो गर्न सकेनन् ।

दोस्रो हाफको सुरुवातमा मनाङले खेललाई बराबरीमा पु¥यायो । ४८ औं मिनेटमा अञ्जनलाई डिबक्समा फल गरेपछि मनाङले पाएको पेनाल्टीलाई अञ्जनले नै गोल गरेका थिए ।

रोमाञ्चक खेलको ७० औं मिनेटमा मनाङले खेलमा अग्रता बनायो । यसपटक पनि अञ्जन विष्टले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए । ८४ औंँ मिनेटमा लालरम्मावियाले थ्रीस्टारका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । उनले रिबाउण्डमा गोल गरेका थिए ।

यस बराबरीले मनाङले सात खेलबाट १३ अंक जोडेको छ । गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा छ । जारी लिगमा अपराजित रहने मनाङ एक्लो टिम बनेको छ । थ्रीस्टारको ७ खेलबाट ११ अंकका साथ पाँचौ स्थानमा झरेको छ । लिगमा शीर्ष ३ क्लवको समान १३/१३ अंक भएको छ । शीर्ष स्थानको आर्मीको ६ खेलबाट १३ अंक छ । दोस्रो स्थानको मच्छिन्द्रको १३ अंक नै छ ।

पुलिससँग जावलाखेलको हार

त्यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको अर्को खेलमा जावला खेल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग हार ब्यहोरेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई २–० गोलले हरायो । पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले १/१ गोल गरे ।

पुलिसले २७ औं मिनेटमा सौजनको गोलका अग्रता लिएको थियो । ४८ औं मिनेटमा सुमनले दोस्रो गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । त्यसपछि, दुवै टोलीबाट गोल हुन नसक्दा पुलिसले सहजै जित निकाल्यो । जितसँगै पुलिसले ३ अंक बटुल्न सफल समेत बन्यो ।

पुलिसविद्ध जाउलाखेलले गोल गर्ने त्यस्तो कुनै लायक मुभहरु बनाउन सकेन । पुलिसका सौजन राई ‘म्यान अफ दी म्याच’ बने । सौजनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै पुलिसले सात खेलबाट ११ अंक बनाएको छ । पुलिस चौथो स्थानमा उक्लिएको छ । समान ७ खेलबाटै ९ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width