पोखरा, ३ माघ । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माद्वारा लिखित काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकको पोखरामा शुक्रबार परिचर्चा गरिएको छ ।
प्रजातान्त्रिक विचार समाज कास्कीले गरेको कार्यक्रममा विश्लेषक, अधिवत्ता र नेताहरुले पुस्तकको चर्चा गरेका थिए ।५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय ३६ पृष्ठको छ । पुस्तकमा शर्माको जीवनका महत्वपूर्ण घटनासँगै राजनैतिक अनुभव, गणतन्त्रका १० वर्ष, १६ वर्ष जिल्ला सभापति, वीपीले लेख्न खोजेको इतिहास, वीपी मेलमिलापका पाँच वर्ष र काँग्रेसको अबको बाटो लगायतका सामग्री छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले पुस्तक युवा वर्गका लागि प्रेरणाको स्रोत बन्ने बताए ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले लोकतन्त्रवादीका लागि सो पुस्तक पूँजी भएको उल्लेख गरे । विश्लेषक डा शोभाकर पराजुलीले नेता शर्माले लोभ, आशा, लालचाभन्दा माथि उठेर पुस्तक लेखेको बताए ।अर्का विश्लेषक प्रा.डा सुरेन्द्र केसीले सरल र राम्रो भाषा प्रयोग गरिएका कारण पुस्तक पढ्न सजिलो रहेको बताए । उनले पुस्तकमा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने विषय समावेश गरिएको भन्दै प्रशंसा गरे ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान र भावि पुस्ता दुवैका लागि पुस्तक उपयोगी रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस नीति तथा प्रशिक्षण विभाग सदस्य प्रा.डा कुसुमाकर न्यौपानेले काँग्रेस र प्रजातन्त्रलाई माथि उठाउन नेता शर्माले जीवन समर्पित गरेको उल्लेख गरे ।प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश संयोजक अक्कलदेव मिश्रले नेता शुक्रराज शर्मा काँग्रेसको आइकन भएको बताए । कार्यक्रममा समाजका सचिव बासुदेव त्रिपाठी र पुस्तकका सम्पादक रेवतीरमण सुवेदीले पनि बोलेका थिए ।प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष डा. गिरिधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वीरबहादुर कार्कीले स्वागत र सचिव शिशुकला पराजुलीले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१