पोखरा, १ माघ ।कास्की प्रहरीले गत महिना पुसमा घटेका घटना र दर्ता गरिएका मुद्दा बुधवार सार्वजनिक गरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पुसमा विभिन्न आपराधिक घटनाका १ सय ५३ मुद्दा दर्ता भएको बताए ।
उनका अनुसार सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत सबैभन्दा बढी ४७ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी, लागुऔषधमा २४, जबर्जस्ती करणीमा ७, बैकिङ कसूरमा १७, बालयौन दुराचार १, चोरी ६, बहुविवाह ३, ठगी ५, सवारीबाट अंगभङ्ग २, जुवा ४, जवर्जस्ती करणी उद्योग ४, सवारी ज्यान ८, कत्र्तव्य ज्यान २, राज्यविरुद्धको कसूर १, फुटकर ज्यान ३, भवितब्य ज्यान ६, झुण्डिई आत्महत्या ११, बिष्फोटक पदार्थ १, बिष सेवन गरी आत्महत्या १ रहेको छ ।
मुद्दा दर्तामध्ये मंसिरको तुलनामा पुसमा २० प्रतिशतले वृद्धि भएको छ । पुस २५ मा कास्की प्रहरीले पोखराबाट बिष्फोटक पदार्थसहित १ जना युवालाई पक्राउ गरेकोमा बुधबार सार्वजनिक गरेको छ । सुर्खेत बराहताल गाउँपालिका–४ तरङ्गा घर भई हाल पोखरा–१४, सुकुम्वासी नयाँबस्तीमा बस्ने ३२ वर्षीय विकास भन्ने डिलबहादुर सुनारको कोठाबाट रातोतार सहित विद्युतरहित बिष्फोटक पदार्थ ४ थान, विष्फोटक पदार्थको तारबिनाको खाली खोका ३ थान, विष्फोटक पदार्थ राख्ने ठूलो खोका ५ थान, मोबाइल ४ थान र विभिन्न दस्तावेज बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पोखराका विभिन्न स्थानवाट ४ वटा स्कुटर चोरी गर्ने १७ वर्षीय एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । त्यस्तै, बैंकिङ कसूरअन्तर्गत ३२ वटा उजुरी परेका छन् । १० जनालाई प्रहरीले पक्राउ गरेको छ भने २२ जना अझै फरार छन् । उजुरीकर्ताको २ करोड ४५ लाख ३२ हजार ५ सय रुपैयाँ बिगो रहेको छ । यसैगरी, पोखरा–१८ घर भई रानीपौवामा पेन्टिङ पेसा गर्दै आएका ३७ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले पुस ८ मा लागुऔषध सहित पक्राउ गरेको छ । उनको साथबाट लागुऔषध बुर्फिनर्फिन ३ सय ३० एम्पुल, डाइजापाम ३ सय ३० एम्पुल, फेनरागन ३ सय ३० थान गरी कुल ९ सय ९० थान बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबारमा संलग्न दाङ घोराई घर भई हाल पोखरा लेकसाइड बस्ने २४ वर्षीय हिमाल बञ्जाडे, पोखरा–१८, सेदी निवासी ३० वर्षीय रामहरि थापा, पोखरा–१७ का साजन परियार, पोखरा–६, बैदाम बस्ने २६ वर्षीय कृष्ण ढकाल रुपन्देही ३६ वर्षीया गौमती सुनार, रुपन्देहीका २६ वर्षीय प्रकाश पुन, भारत महाराजगञ्जका २८ वर्षीय महम्मद आलम र ३४ वर्षीय बालेश्रर प्रजापति लागुऔषध सहित पक्राउ गरेका छन् ।
कास्की प्रहरीले पुसमा राम्रो काम गर्ने २ जना प्रहरी जवानलाई पुरस्कृत गरेको छ भने २ प्रहरी हवल्दार र ४ प्रहरी जवान गरी ६ जनालाई कारबाही गरेको छ । त्यस्तै, हराएका तथा चोरी भएका ३६ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१