छिनिङ, २९ पुस । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको घटनामा परी कम्तीमा दशजना बेपत्ता भएका छन् ।
स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार सोमबार भएको सडक दुर्घटनामा परी अरु १५ जना घाइते पनि भएका छन् । स्थानीय समयानुसार बेलुका ५।३० बजे नान्डाजी सडकमा दुर्घटना भएको हो । एउटा सार्वजनिक बस सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ । दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए । घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१