पोखरा फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण शुक्रबार पोखरामा सम्पन्न भएको छ।
साधारणसभाले आव २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिशेयर ७ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ७.२० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९१.७२ करोड पुगेको छ।
सभाले सर्वसाधारण शेयरधनी समूहबाट मेजर प्रेमबहादुर थापा, डा दीपेन्द्रकुमार गौतम र कृष्णबहादुर गुरुङलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ। साथै आव २०७६/७७ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लि. र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु आपसमा गाभ्ने/गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए।
आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि संस्थाले जनाएको छ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१