जनज्योतिको ६० औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
janajyoti school 17

पोखरा, १७ पुस । विद्यालय शिक्षालाई जीवन उपयोगी र प्रविधिमैत्री बनाउन सरोकारवालाले जोड दिएका छन् ।

पोखरा–२८ स्थित जनज्योति माविको ६० औं स्थापना दिवसका अवसरमा सहभागी अभिभावक, समाजसेवी र शिक्षाप्रेमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धिगर्न शिक्षकले कक्षाकोठामा प्रदर्शन गर्ने शैक्षणीक स्तरको मापन गर्न संवपक्षसँग आग्रह गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले गुणस्तरीय शिक्षाले मात्र विकास र समृद्ध नेपाल निर्माणगर्न सकिने बताए । शिक्षालाई व्यवहारिक वनाउन महानगर लागिपरेको उनको भनाई थियो ।

पोखरा–२८ का वडाध्यक्ष एवं वडा शिक्षा समितिका अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडालाई शिक्षित र सभ्य नागरिक वस्ने वडाको रुपमा स्थापित गर्न वडाकार्यालय निरन्तर लागिरहने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा रत्नशोभा माविका प्रधानाध्यापक गोपाल वुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वरमण अधिकारी, समितिका पूर्व सदस्य भोजबहादुर भुजेल लगाएतले विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका जोड दिएका थिए । सो अवसरमा विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीले आफ्नो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै