फेडेरेसनलाई सुरजको सहयोग

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
Suraj Gurung Cash Handover_Fotor

पोखरा महानगरपालिका–१०, रामघाटस्थित राममार्गका सुरज गुरुङले नेपाल सेभेन ए साइड फेडेरेसनलाई सहयोग गरेका छन्। विगत २० वर्षदेखि जापानमा बसोबास गर्दै आएका गुरुङले बुधबार पोखरामा एक कार्यक्रमबीच फेडेरेसनका अध्यक्ष नविन पुनलाई १० हजार १ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा बोल्दै गुरुङले जापानमा रहेर फेडेरेसनको जापान शाखा गठन गर्ने प्रतिबद्धता जनाए। यसअघि, फेडेरेसनका अध्यक्ष नविन पुनले गुरुङलाई स्वागत गर्दै फेडेरेसनको सदस्यमा नियुक्त गरेको घोषणा गरे। कार्यक्रममा सेभेन ए साइड फुटबल फेडेरेसनका उपाध्यक्ष खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्ष दीपक थापा, कोषध्यक्ष रविकान्त आचार्य र सदस्य दीपेन गुरुङ लगायतको उपस्थिति थियो।

सुरज गुरुङले बुधबार नै पोखराको अमरसिंह ब्वाइज क्लब (एबीसी) लाई समेत समान १० हजार १ रुपैयाँ सहयोग गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width