कावासोती, १५ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।
ओम ज्योति विन्दु ट्रष्ट कावासोतीको आयोजना तथा नेपाल रेडक्रस नवलपुरको सहकार्यमा संस्थाका बालबालिकाहरुलाई न्यानो कपडा, तथा खाद्यान्न वितरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदन भतm अधिकारीले अपाङ्ग बालबालिकाहरुको पालनपोषणको जिम्मा राज्यले नै लिनुपर्नेमा जोड दिए ।
नेपालमा अपाङ्ग बालबालिकाहरु ऋाफ्नो आधारभुत आवश्यकताबाट नै बन्चित भैरहेको बताउनुहुदै अध्यक्ष अधिकारीले उनीहरुको दक्षता र क्षमतालाई पहिचान गरी राज्यले लगानी गर्न सकेमा उनीहरुको सुखद भविष्य निश्चित हुनेमा आशा व्यक्त गरे ।यसैगरी ओम ज्योति विन्दु ट्रष्टका अध्यक्ष विन्दु केसीले जन्मदिन लगायत विभिन्न अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी दीनदुखीहरुलाई सहयोग गर्न सके सबैभन्दा ठूलो पूण्य मिल्ने बताए ।
ओम ज्योति विन्दु ट्रष्टका अध्यक्ष विन्दु केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदनभक्त अधिकारी, कावासोती नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अमृत श्रेष्ठ, लुम्बिनी आदर्श डिग्री कलेजका क्याम्पस प्रमुख बाबुराम राना मगर लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन सचिव सरला नेपाल पोख्रेलले गरेका थिए ।त्यस्तै ओमज्योति विन्दु ट्रष्टमा आवद्ध सदस्यहरुको सहयोगमा संकलित नगद १५ हजार २० रुपैयाँ संस्थाका सयोजक कृष्ण रोकालाई प्रदान समेत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१