लेखनाथ, १५ पुस । कविशिरोमणिको १३६ औं जनजयन्तीका अवरसमा मंगलवार राखिएको मूल समारोहमा विभिन्न व्यत्तित्वलाई सम्मान गरिएको छ ।
कविको जन्मगाउँ अर्घौ अर्चलेमा राखिएको मूल समारोहमा कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार २०७६ बाट वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ “ वैरागीकाइँला”लाई सम्मान गरिएको हो ।
साहित्यकार नेम्वाङलाई नगद ५० हजार रुपैयाँ राशि, सम्मन पत्र र दोसोल्ला ओडाई सम्मान गरिएको हो । वि.सं. १९९६ श्रावण २५ गते पाँचथर जिल्लामा जन्मएका काइँलाका एक दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित कृतिहरु प्रकाशित छन् र दर्जनौ संघ संस्थाहरुबाट पुरस्कृत एवं सम्मानित भइसकेका छन् । आयामेली साहित्यिक आन्दोलनका एक सशक्त खम्बा काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत हुन् ।
यस अघि उक्त पुरस्कारबाट नेपाली शिक्षा परिषद्, बासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्तकुमार शर्मा पुरस्कृत भई सकेका थिए ।
यसैगरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेल सम्मानित भएका छन् ।समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याउदै आउने सञ्चारकर्मीहरु मध्यबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको लेखनाथ पत्रकार मञ्चले यस वर्ष पौडेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मापत्र रहेको छ । यस अघि उक्त पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना र बसन्त अधिकारी सम्मानित भईसकेका छन् ।
सोही कार्यक्रममा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित रु १० हजारको कुन्तिदेवी शिक्षा पुरस्कारबाट पोखरा महानगरपालिकाका माध्यमिक विद्यालयहरु मध्येबाट गतवर्षको एसइई मा छात्रातर्फ सर्वोत्कृष्ट ग्रेड प्राप्त गर्ने अमरसिंह मावि की सोनिका ढुङ्गानालाई, प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफना बाबाका नाममा स्थापति चन्द्रकान्त ढकाल शिक्षा पुरस्कारबाट लक्ष्मी आदर्श माविका विजय सापकोटालाई र आमाका नाममा स्थापित मधुमाया ढकाल शिक्षा पुरस्कारबाट जनज्योति माविका आशिष अधिकारीलाई तथा ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार लक्ष्मीआदर्श माविकी कविता भट्टराईलाई प्रदान गरिएको छ ।
यसैगरी सोही अवसरमा कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा–२७ र लेखनाथ आधारभूत विद्यालय, पोखरा–२८ का सम्पूर्ण विद्यार्थीलाई कुन्तिदेवी छात्रवृत्ति वितरण गरिने थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१