पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजनागर्ने ‘१३ औं हिसान कास्की स्पोर्टस् मिट २०७६’ पुसको ९ देखि १२ गतेसम्म पोखरा रंगशालामा संचालन हुने भएको छ ।
विद्यार्थी र विद्यालयबीच आपसी समझदारी एवं भाइचाराको भावना विकसित गर्ने तथा विद्यार्थीको सुर्वाङ्गीण विकासको लागि आयोजित स्पोर्टस् मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम छ । सदस्य–सचिब सिलवाल हिसानका केन्द्रीय अध्यक्ष समेत हुन् ।
२०६४ सालदेखि हरेक वर्ष कास्कीमा संचालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ को संपूर्ण तयारी पूरा भएको हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले जानकारी दिए । उनले भने, ‘हिसानले बार्षिक क्यालेण्डर नै बनाएर हरेक वर्ष स्पोर्टस् मिट गर्दै आएका छौं । जुन १३ वर्षदेखि कास्कीमा निरन्तर जारी छ । यसले शिक्षाको बिकाससँगै खेलाडी उत्पादनमा समेत टेवा पुगेको छ भन्ने विश्वास लिएका छौं ।’
प्रतियोगिता अन्तर्गत मावि तह (कक्षा ११÷१२) सम्म छात्रछात्रा भलिबल, छात्र–छात्रा टेबल टेनिस तथा छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने हिसानका सल्लहकार एवं प्रतियोगिता संयोजक बाबुराम पन्तले जानकारी दिएका छन् । संयोजक पन्तका अनुसार विश्वविद्यालय तहतर्फ भने छात्रछात्रा बास्केटबल प्रतियोगिता हुनेछ ।
स्पोर्टस् मिट अन्तर्गत मावि तहको छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरि, छात्र टेनिस मावि सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् । यो सहभागिता गतवर्ष भन्दा उत्साहजनक रहेको अध्यक्ष शर्माले बताए । उनका अनुसार बास्केटबल खेल भने पोखरा रंगशाला बास्केटबल कोर्ट र अम्बरसिंह माविको बास्केटबल कोर्टमा हुनेछन् ।
पुष ९ गते हुने उद्घाटन समारोहमा हिसानले आयोजना गरेका शैक्षिक कृयाकलाप अन्तर्गत सम्पन्न नेपाली अंग्रेजी निवन्ध प्रतियोगिता र वक्तृत्वकलामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न हिसान कास्कीका सल्लाहकार बाबुराम पन्तको संयोजकत्वमा विभिन्न १४ वटा समितिहरु गठन गरिएको छ । हिसानका सल्लाहकार समेत रहेका प्रचार प्रसार समितिका संयोजक रमाकान्त बरालका अनुसार भलिबलतर्फको संयोजकमा पुरन कुवँर, वास्केटबलको संयोजकमा र टेवल टेनिस तर्फको संयोजकमा दुर्गादत्त पंगेनी छन् ।
यसैगरि, खाना तथा खाजा संयोजकमा ढाकाराम कँडेल स्टेज, साउन्ड व्यवस्थापन संयोजकमा सुन्दरप्रसाद ढकाल, स्वास्थ्य तथा सुरक्षा संयोजकमा शेरबहादुर गुरुङ, मेडल, पुरस्कार तथा प्रमाणपत्र संयोजकमा नारायण शर्मा चापागाँई, न्यायिक संयोजकमा सूर्यबहादुर जिसी, कार्यालय व्यवस्थापन समितिमा संयोजक दिवाकर जैसी र आर्थिक व्यवस्थापन समितिमा संयोजक डा. त्रिभुवन शर्मालाई चयन गरिएको छ ।
त्यसैगरि, अतिथि सत्कार तथा स्वागत संयोजकमा यामबहादुर रोका, विशेष व्यक्तित्व व्यवस्थापन संयोजकमा रामजी शर्मा चयन भएका छन् । हिसान कास्कीका अध्यक्ष शर्माका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्नेछ ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१