मध्यामस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधको जलाशयमा ५६ हजार माछाको भुरा छोडिएको छ।
आयोजनाका केन्द्र प्रमुख शिवकुमार शाहले कालीगण्डकी जलविद्युत् केन्द्रमा रहेको माछा प्रजनन केन्द्रबाट ५४ पोका भुरा ल्याएर गाईखुरे झरनासँगैबाट आफ्नो जलाशयमा छोडेको जनाए।
उनले भने, ‘मध्यमस्र्याङदी जलविद्युत् आयोजना निर्माणको क्रममा वातावरणीय प्रभाव सन्तुलन कायम गर्न भूरा छाडिएको हो। ’
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले मस्र्याङ्दी नदीमा माछा लोप हुन नदिन वातावरणीय प्रभाव न्यूनीकरण गर्न माछाका भूरा छोड्नु राम्रो कार्य भएको बताए।
कालीगण्डकीको माछा प्रजनन् केन्द्रमा ६ महिनासम्म हुर्काएर राखिएका ठेड, हाँडे र गर्दी जातको माछाका भुरा छाडिएको माछा प्रजनन् केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बेचनप्रसाद यादवले बताए। उनका अनुसार ती जातका माछा १२ डिग्रीदेखि २८ डिग्री सेन्टिग्रेडसम्म बच्दछन्। उनले भने, ‘यसको प्रजनन डेढ वर्षदेखि २ वर्षसम्म हुन्छ। एक ग्रामदेखि प्रजनन हुन थाल्छ। तर, ३ सयदेखि ४ सय ग्रामसम्मका माछाले राम्रो अण्डा दिने र भुरा पनि राम्रो हुने हुन्छ। ’
कुल ७० मेगावाटको जलविद्युत् परियोजनाको आफ्नो बाँधस्थल भन्दा करिब ५ सय मिटर माथि रहेको जलाशयमा माछाका भुरा छाडिएको हो।
मध्यमस्र्याङ्दी निर्माणका बेला बाँध क्षेत्रमा फिस ल्याडर (माछाजन्य जलचर ओहरदोहर गर्ने ठाउँ) नराखिँदा माथिल्लो क्षेत्रमा जलविद्युत् आयोजनाले माछाका भुरा छोड्दै आएको छ। केन्द्र प्रमुख शाहका अनुसार मस्र्याङ्दी नदीमा जलविद्युत् आयोजनाहरु थप बन्नेक्रम बढेपछि माछा मासिँदै गएका छन्।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१