सेञ्चुरी युवा क्लब, अन्नपूर्ण गाउँपालिका ११ को आयोजनामा हुने सेञ्चुरी ल्होसार मेला–२०७६ तयारी पूरा भएको छ ।
‘संस्कृति, सम्पदाको संरक्षण एवम् पर्यटन वर्ष २०२० को प्रवद्र्घन लागि’ नाराका साथ पुस ५ देखि ९ गतेसम्म हुने १८ औं संस्करणको मेला तयारी पूरा भएको बुधवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
मेला उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले तथा समापन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम छ ।
मेलाअन्तर्गत पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल, पौढ (४० वर्ष माथिको) भलिबल, ठेलो, रस्साकस्सी, घैटो फुटाई, म्यूजिकल चियर, बोरा दौड तथा सामूहिक नृत्य प्रतियोगिता हुनेछन् ।
पुरुष भलिबलतर्फ प्रथम समूहले ८० हजार, दोस्रोले ५० हजार, महिला भलिबलमा प्रथमले ५० हजार र द्वितीयले ३० हजार पाउनेछन् ।
बास्केटबलमा प्रथमले ८०, द्वितीयलले ५० हजार, प्रौढ भलिबलमा पहिलोले २० र द्वितीयले १० हजार रुपैयाँ पुरस्कार पाउने क्लब अध्यक्ष मिकाश गुरुङले जानकारी दिए । ठेलोमा प्रथमले ५ हजार, दोस्रोले ३ हजार, रस्साकस्सीमा पहिलोले १० हजार र दोस्रोले ५ हजार, घैटो फुटाई साथै म्यूजिकल चियरमा समेत पुरस्कार व्यवस्था छ ।
सो अवसरमा क्लबले गुरुङ संस्कृति झल्कने सामूहिक नृत्य प्रतियोगिता पनि राखेको छ । प्रथम समूहले ५० हजार, द्वितीयले ३५ हजार, तृतीयले २० हजार प्राप्त गर्ने छन् भने उत्कृष्ट भेषभुषा तथा नृत्य निर्देशकलाई समान ५ हजार साथमा प्रमाणपत्र पुरस्कार दिइने छ ।
पुरुष/महिला भलिबल गाउँपालिका वडास्तरीय हुनेछ । बास्केटबल भने खुला क्लबस्तरीय हुनेछ । प्रत्येक साँझ ५ बजेदेखि १२ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
मेलाबीच एबीसी टेलिभिजनबाट प्रसारित ‘इन्द्रेणी’ कार्यक्रम पनि छायांकन गरिँदै छ ।
क्लबले खुला रक्तदान, गाँजा फाड्ने, तथा सरसफाइअन्र्तगत विभिन्न कार्यक्रम पनि वार्षिक रुपमा गर्दै आएको छ।
क्लब अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम सल्लाहकार दिलीप गुरुङले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१