पोखरा, २७ मंसिर । अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ ।
सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किङ्ग उर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । कथाअनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ ।
’जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् ।
‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।
गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन , बिनोद पौडेलको स्टील फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।
दिनेश राउत , निर्माता स्( फिल्ममा हामीले गीतलाई पनि कथा अनुसार नै बगाएका छौ । अर्थात् गीतकै लागि भनेर छुटै तडकभडक गरिएको छैन । गीत आउँदा फिल्म हेरिरहेका दर्शकलाई कथा र परिवेश भन्दा बाहिर नलगोस भनेर नै हामीले यसलाई गाउँमा हुने कार्यक्रमकै शैलीमा खिचेका हौँ । सोलुको सल्लेरीमा सांस्कृतिक कार्यक्रम हुँदा कसरी गरिन्छ र कास्तो हुन्छ भन्ने जस्ताको त्यस्तै गीतमा छ । आफु निर्देशक भएपनि मलाइ विशालको आइडिया मन परेर यसमा निर्माताको रुपमा रहेको छु । एक हाँस्यकलाकारको जीवनीमा आउने उतारचढावलाई यसमा देखाएका छौ । हामीले आफ्नो माटो सुहाउँदो कथामा फिल्म बनाएका छौ , जसको आभाष यसको ट्रेलर पनि दिनेछ ।
केकी अधिकारी स्( गीत आफैलाई मन परेर नृत्य गर्न राजी भएकी हुँ । गीत झट्टै मन पर्ने किसिमको छ । साथै यो गीतमा म केकी अधिकारी नै बनेर प्रस्तुत भएकी छु । कथा अनुसार नै गीत फिल्ममा आउने भएकोले पनि गीत गर्न राजी भएकी हुँ । साथै गीतको कोरियोग्राफी र यसलाई खिच्ने शैली पनि मन पर्यो । टिम राम्रो र छ गीतलाई लिएर आइडिया राम्रो लाग्यो त्यसैले गीतमा देखिएकी हुँ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१