पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सकिए लगत्तै पोखराको क्रिकेट मैदानमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदैछ ।
यही मंसिरको २८ देखि १२ पुससम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्सले प्रतिष्पर्धा गर्नेछन् ।
यस्तै, दोस्रो दिन पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा अर्को खेलमा काठमाडौं गोल्डेन्स र बुटवल ब्लास्टर्स आमनेसामने हुनेछन् । तेस्रो दिन पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछन् ।
चौथो दिन काठमाडौं गोल्डेन्स र धनगढी ब्लुज तथा अर्को खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिष्पर्धा हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले अघिल्लो संस्करणझैं सफलतापूर्वक प्रतियोगिता सम्पन्न हुने विश्वास गरेको छ ।
घरेलु फ्रेन्चाइज लिग पीपीएलमा ६ शहरका ६ टोलीको सहभागिता रहनेछ । गत वर्ष पहिलो संस्करणमा चितवन राइनोजलाई हराउँदै घरेलु पोखरा पल्टनले उपाधि जितेको थियो । पीपीए प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास आयोजकको छ । टिममा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुसँगै विदेशी खेलाडीहरु पनि सहभागी हुनेछन् ।
प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ । गत वर्ष ९ देखि २० कात्तिकसम्म पीपीएलको खेल भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१