रुपन्देही, २२ मंसिर । मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लैङ्गिक हिंसा अन्त्य गर्न कानून, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश नं ५ मा २५८ मानव बेचबिखनसँग सम्बन्धित घटना नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयमा दर्ता भएका थिए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष प्रेमबहादुर विकले समाजमा आपराधिक क्रियाकलाप बढ्दै गएकाले यसको नियन्त्रणका लागि समुदायलाई सचेत बनाउन जरुरी रहेको बताए । केन्द्रका कार्यकारी निर्देशक गोपालबहादुर केसीले मानवअधिकार संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१