नवलपरासी, २० मंसिर । पूर्वी नवलपरासीमा गत १ बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।
त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ ।
त्यस्तै यस आर्थिक बर्षको साउनदेखि कात्तिक महिनासम्म ४ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा ५ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् भने बालयौन दुव्र्यवहारका एउटा र महिलामाथि हुने अभद्र व्यवहारका घटनालाई लिएर १२ वटा घटनाका उजुरी आएको जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला सेलको तथ्याकमा देखिएको छ।
त्यसैगरी जिल्ला अदालत नवलपुरमा पछिल्लो ९ महिनाको तथ्यांक हेर्ने हो भने पनि जबरजस्ती करणीका घटनाको रुप विकराल देखिन्छ । जिल्ला अदालत नवलपुरमा गत २०७५ माघ १७ गतेदेखि २०७६ मंसिर १२ गतेसम्म १४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले बताए।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१