समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा छात्रवृत्ति सामग्री प्रदान तथा व्लड क्यान्सरपीडितलाई उपचारार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रम भएको छ।
केन्द्रद्वारा कालिका माविका कक्षा ४ छात्रा आशिका चौधरी, श्रीराम आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ३ का छात्र दीप्सन राई र छात्रा लिरिसा गुरुङ, नवप्रभात मावि कक्षा ५ की सरस्वती अधिकारी छात्रवृत्ति प्रदान गरिएको छ।
कार्यसमिति सदस्यले ती विद्यालयमा अनुगमन गरी विद्यार्थीको पढाइप्रतिको लगावबारे बुझी कम्प्युटर फि तथा अध्ययनका लागि आवश्यक कापिकलम समेत प्रदान गरिँदै आएको र जाडोमा स्वीटर वितरण गरिएको छ। यस्तै, पोखरा ९, पावती टोल निवासी रुपि घर्तीमगरका छोरा पृथ्वी तामाङ्ग ब्लड क्यान्सरपीडित भएकाले उपचार सहयोगार्थ ५ हजार रुपैयाँ सहयोग हस्तानान्तरण समेत गरियो।
केन्द्रका अध्यक्ष विपीन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रमको संचालन संस्थाका सचिव कुमारी मुना बास्तोलाले गरेकी हुन्।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१