पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी बुधबार शुरु भएको छ।
चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा बिहीबारसम्म चल्ने प्रर्दशनीको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, सांस्कृतिक केन्द्रकी प्रमुख सिताइ पाइमो र निर्देशक स्याउ च्याङले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख जिसीले चिनियाँ भाषा, संस्कृति र विकासका बारेमा विद्यार्थीलाई जानकारी उद्देश्यले प्रदर्शनी आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए। उनले चीनले पछिल्लो समयमा गरेको विकास र प्रगति विश्वका लागि नै उदाहरणीय भएको भन्दै छिमेकी नेपालले पनि त्यसबाट फाइदा लिन सक्ने बताए।
केही समय अगाडि चीनका राष्ट्रपति सिजिङ पिङले गरेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध मजबुद पारेको स्मरण गर्दै विद्यालयस्तरमा हुने यस्ता कार्यक्रमले जनस्तरमा पनि महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए।
चिनियाँ सांस्कृतिक केन्द्रकी प्रमुख पाइमाले नेपाल र चीनबीचको मित्रता थप बलियो बनाउन थुप्रै कार्यक्रमहरु आयोजना हुने गरेको बताइन्। उनले दुई देशबीच लामो समयदेखि सम्बन्ध रहेको बताउँदै पोखरामा आयोजित यो कार्यक्रमले पनि त्यसमा थप योगदान गर्ने विश्वास व्यक्त गरिन्। उनले कुमुदिनीको प्रशंसा गर्दै कार्यक्रम आयोजना गरेर चीनको संस्कृतिबारे विद्यार्थीमा जानकारी गराउन नेतृत्वदायी भूमिका खेलेको बताइन्।
विद्यालय अध्यक्ष अशोक पालिखेले चिनियाँ भाषा, संस्कृति र विकासका बारेमा विद्यार्थीलाई अवगत गराउन प्रदर्शनी महत्वपूर्ण अवसर बनेको जानकारी दिए। कुमुदिनीका कक्षा ५ देखि ७ सम्मका विद्यार्थीलाई चिनियाँ भाषाको कक्षा समेत संचालन हुँदै आएको उनले बताए। कुमदिनीको संग्रहालयमा नेपालका प्रख्यात चित्रकारले कोरेका चित्रहरु संग्रह गरिएको छ। संग्रहालयको निःशुल्क भ्रमण गर्न सकिने पालिखेले बताए।
प्रदर्शनीमा चीनका ग्रामीण भेगका विभिन्न २० वटा फोटो राखिएका छन्। त्यसैगरी विद्यार्थीलाई चिनियाँ लिपी र पेपर क्राफ्टबारे समेत प्रशिक्षण दिइने छ। चीनको परिचय झल्काउने, चिनियाँ विकास र महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (बिआरआइ) बारे विभिन्न वृत्तचित्रहरु प्रदर्शन गरिएका छन्। प्रदर्शनीमा पोखराका अन्य विद्यालयका विद्यार्थीले सहभागिता जनाउने बताइएको छ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१