मुुलुक परिवर्तन गर्न बन्दुक बोक्न पर्दैन– भण्डारी

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
PHS (6)

पोखरा, ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नं. २ का उम्मेदवार रोमबहादुर भण्डारीले उपनिर्वाचनमा राप्रपाले जित्नुको विकल्प नभएको बताएका छन् ।

भण्डारीले देश राष्ट्रिय संकटमा परेको भन्दै सरकारलाई सवक सिकाउनका लागि भएपनि राप्रपाले चुनाव जित्नुपर्छ भने । विहीवार पोखरा वडा नं. ११ को घरदैलो कार्यक्रममा सम्वोधन गर्दै उनले भने हामी जनताको विचार र भावनामा अडिग छौं । मुलुक परिवर्तन गर्ने बन्दुक बोक्नु पर्दैन हामी शान्तिपूर्ण ढंगबाट मुलुक परिवर्तन गरेर छाड्छौं, त्यो ढिलो चाँडो अवश्य नै पूरा हुन्छ, उनले भने ।

घरदैलो कार्यक्रममा प्रदेशका अध्यक्ष हेमजंग गुरुङ, पार्टीका उपाध्यक्ष तोरण बहादुर गुरुङ, केन्द्रीय सदस्यहरु जयलाल पुन, कुलबहादुर गुरुङ कुलु, शिवप्रसाद चालिसे, बरुणबिक्रम राणा, सीता खड्का, उदय पोखरेल, जिल्ला अध्यक्ष महेन्द्र कार्की, नगर अध्यक्ष मोतिमान शाक्य, जिल्लाका पदाधिकारीहरु, प्रदेशका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले सो क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको राप्रपाका प्रचार प्रसार समिति संयोजक सूर्य बास्तोलाले बताए । बिहीवार भजनकिर्तन सहितको घरदैलो कार्यक्रम रानीपौवा, फूलबारी, काहूँ, हस्पिटलचोक लगायतका टोल टोलमा पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width