पोखरा, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विद्या भट्टराई अधिकारीले लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पणगरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी छन् ।
स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारी बनेर कास्की निर्वाचन क्षेत्र नं २ को चुनावमा होमिएकी रवीन्द्र पत्नी विद्याले २०४६ को जनआन्दोलनका सवोच्च कमाण्डर गण् गणेशमानको शालिक स्थल नालामुख शालिकमा माल्यार्पण गरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी हुन् ।
समाजवादसम्म पुग्ने गणेशमानको सपना अब कम्युनिष्ट सरकारले पूरा गर्न लागेकाले उनको शालिकमा माल्यार्पण गरेर चुनावी घरदैलो शुरु गरेको नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले बताएकी छन् ।सदाझैं घरदैलो गरिरहेकी विद्याले सोमबार विहान रामकृष्णटोल, गणेशटोल, २६ कुरियालगायतका क्षेत्रमा घरदैलो गरिसकेकी छन् । घरदैलोका क्रममा विद्याले ९५ वर्षीया मनकर्मी च्वाईं र ८६ वर्षीय केदार बजिमयको आशिर्वाद लिइन् ।
आशिर्वाद लिने क्रममा ९५ वर्षीया च्वाईंले बृद्धबृद्धालाई सहज रुपमा बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरिने । उनीहरुले अरुले भोट हाल्दा दायाँबायाँ गर्न सक्ने भएकाले बृद्धबृद्धालाई भत्ता दिने पार्टी नेकपालाई आफै गएर भोट दिने र अरुलाई नेकपाको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने बताएका थिए ।
चुनावी घरदैलोका क्रममा विद्याले रवीन्द्रको झल्को दिनेगरी रवीन्द्रकै शैलीमा हात उठाएर अभिवादन गर्ने गरेकी छन् भने उनले जनताको आकांक्षा र रवीन्द्रको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएकी छन् ।
विद्या अहिले बागलुङ बसपार्क तल्लो क्षेत्रमा घरदैलोमा छिन् भने सोमबारै फिर्के, सिद्धार्थचोक, चिप्लेढुंगाहुँदै गैह्रापाटनसम्म घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचार समितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए । सोमबारै अपराह्न गैह्रापाटनमा चुनावी कोणसभा गरेर वडा नम्बर ४ को घरदैलो समापन गरिने उनले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१