मधुमेह र टिजी जाँच

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
url camp (3)_Fotor

विश्व मधुमेह दिवस अवसरमा शनिवार पोखरामा भएको शिविरमा १ हजार ७० जनाको निःशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी)जाँच गरिएको छ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का १५ लायन्स क्लब र लायन्स पोखरा पिस टाउनको संयुक्त आयोजनामा शिविर भएको हो।

कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा नवराज पौडेलले मधुमेह, टिजी, एलडिएल जस्ता जाँच समय समयमा गर्ने, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे।

लायन्सका डाइबेटिज डाइबेटिज डिपार्टमेन्ट चिफ धनीराम बरालले लायन्सले आँखालाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै अब मधुमेह न्यूनीकरणमा जोड दिने उल्लेख गरे।

शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपालीहरु मधुमेह र मुटुरोगबाट पीडित हुने क्रम नाटकीय रुपले बढेकाले यी रोगका परीक्षण निःशुल्क उपलब्ध गराउन शिविर गर्दै आएको बताए। लायन्स क्लस्टर १६ का प्रमुख अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन ऋषि गिरी र विष्णु बराल, लायन्स गण्डकी स्टेट अध्यक्ष शिवराज गौतमले पनि बोलेका थिए।

युआरएलको हालसम्म सम्पन्न ७७ औं शिविरबाट ५८ हजारभन्दा बढीले सेवा लिइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै