अस्ट्रेलियाान ११० औँ लक्ष्मी जन्म जयन्ती

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७६
73322394_2972870989394106_1954560571831484416_n

विस्रवेन २०, अक्टोवर । अस्ट्रेलियाको विस्रवेनमा २० अक्टोवर आईतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती मनाइएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्वीन्सल्याण्ड च्याप्टरको आयोजनमो क्वीन्सल्याण्ड राज्यको विस्रवेन सहर स्थित ब्यानियो लाईवेरी हलमा अग्रज कवि तथा गीतकार दिनेश अधिकारीको समुपस्थितिमा विशेष काब्यवाचन समेत गरिएको थियोे ।
कार्यक्रममा उपस्थित अग्रज साहित्यकार तथा स्रष्टाहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य जगतमा पु¥याएको योगदान र नेपाली साहित्यलाई अन्तराष्ट्रिय जगतमा चिनाएको महत्वपूर्ण योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज गीतकार तथा कवि दिनेश अधिकारीले स्रष्टाहरुले अभिव्यक्त गर्ने कुनै पनि सिर्जनाहरु स्वतन्त्र हुनु पर्ने दावी गरेका थिए । उनले स्रष्टाहरुलाई कुनै पनि परिबन्ध र घेरामा राख्न नहुने उल्लेख गरे । सोही अवसरमा अधिकारीले आफना केही कविता र गीत वाचन समेत गरेका थिए ।

यसअघि कार्यक्रमको सुरुवातमा अनेसास कोषाध्यक्ष मन्दिरा सापकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता वाचन गरेका थिए । कार्यक्रममा स्थानीय स्रष्टाहरु, डा. केशव शर्मा, बुना दाहाल, बुनु गौतम, राजेन्द्र शर्मा, रमेश न्यौपाने, ईशा शर्मा कोइराला ,गिरिराज खनाल, मन्दिरा सापकोटा, मदन चापागाई, सुदीप त्रिपाठी प्रतीक, बसन्त सुवेदी, मोहन राई, रुकुविणी रेग्मी लगायतले आ–आफना रचना वाचन गरेका थिए ।

अनेसास क्वीन्सल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्माले अग्रज गीतकार तथा कवि दिनेश अधिकारीको परिचय राखेका थिए ।

अनेसास क्वीन्सल्याण्ड च्याप्टर सचिव ईशा शर्मा कोइरालाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मन्दिरा सापकोटाले गरेकी थिइन् । संस्थाले नियमित रुपमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ यस अघि पनि मोतीजयन्तीको अवसरमा विशेष साहित्यिकक संवाद तथा काब्य वाचन कार्यक्रम गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width