आन्तरिक पर्यटन वर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
पहाडकी रानी भनेर चिनीने तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो। कात्तिक १ र २ गते दुई दिन सम्म बन्दीपुरका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात बन्दीपुर सामुदायिक होमस्टेमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा व्यावसायिक एक्यबद्धता जनाउँदै गण्डकी प्रदेश अन्र्तगत सात जिल्लाका फोटोग्राफरहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय तहदेखि जिल्ला तथा प्रदेशमा देखिएका फोटोग्राफी क्षेत्रका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो।
फोटोग्राफी क्षेत्र एक प्राविधिक क्षेत्र भएको हुँदा समाज रुपान्तरणमा यसको विशेष महत्व रहँदा रहँदै पनि सरकारी क्षेत्रबाट सधैं उपेक्षित रहनु परेको कार्यक्रका वक्ताहरुले बताए। यस प्रकारको समुदायका हरेक कृयाकलापहरुमा सीधै सम्पर्कमा रहेको पेशालाई केही व्यक्तिहरुले अमार्यादित र अस्वस्थ प्रतिश्पर्धात्मक बनाउने प्रयत्न गरेकोमा सबैको दुखेसो रहेको थियो।
एउटा सरकारी निकायमा व्यवसाय दर्ता गरेर वैधानिक तरिकाले व्यवसाय गर्ने व्यक्ति र एउटा क्यामेरा मात्र बोकेर फोटोग्राफी गर्ने व्यक्तिलाई सरकारी निकायले एउटै नजरले हेर्ने प्रकृयालाई सबैले दुःखको कुरा मानेका छन। नगरपालिका, महानगरपालिकालगायत स्थानीय तहदेखि घरेलु तथा बाणिज्य हुदै आन्तरिक राजस्व कार्यालयमा व्यवसाय दर्ता गर्ने व्यवसायी र एउटा क्यामेरा बोकेर फोटोग्राफी गर्ने व्यक्तिमा सरकारी निकाय गम्भीर अनुगमन नहुँदा व्यवसायी मर्कामा परेको गुनासो रहेको थियो।
वडा कार्यालयदेखि विभिन्न सरकारी निकायहरुमा प्रयोग हुने फोटोको साइज र गुणस्तरका बारेमा साथै विद्यालयहरुमा प्रयोग हुने फोटोहरुको कुनै निश्चित मापदण्ड नहुँदा मनोपली बढिरहेको सो अवसरमा ओल्याइएको थियो।
कार्यक्रममा विभिन्न जिल्लाका सहभागी फोटोग्राफरहरु, दीपेन्द्र बस्याल, राजन अधिकारी, कुशल अधिकारी, विजय शर्मा, आलोक कुमाल, शिवहरि अधिकारी, घनश्याम पौडेल, जीवन ढुंगानालगायतले फोटोग्राफी चुनौतीका बारेमा आ–आफ्नो जिज्ञासा साखेका थिए । गण्डकी प्रदेश भित्रका फोटोग्राफी व्यवसायी संस्थाका जिल्ला अध्यक्षहरु, पोखरा फोटोग्राफर संघका अध्यक्ष रबिनाथ दाहाल, पर्वत फोटाग्राफर संघका अध्यक्ष नारायण बहादुर के.सी, तनहुँ फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ, नवलपुर फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारीलगायतले जिल्लाका समस्याहरु र चुनौतीका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक अवस्थाको बारेमा संस्थाका कोषाध्यक्ष नवीनराज पौडेलले जानाकारी गराएका थिए।
सवै फोटोगाफरहरुको पहिचान र एकरुपताका लागि फोटोग्राफर संघ गण्डकीले टिर्सट निमार्ण गरेर गण्डकी प्रदेशका सवै जिल्लाका फोटोग्राफरहरुलाई टिर्सट वितरण समेत गरिएको थियो। सो टिर्सट गण्डकी प्रदेशभरिका फोटोग्राफरहरुकोफोटोग्राफी एकताको प्रतीकसमेत भएको महासचिव तुलसी राम सुवेदीले बताए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१