नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहीबार पोखरामा अन्तिम छनोट गरिएको छ।
मंसिर १५ देखि २४ गतेसम्म १३ औं साग अन्तरगत पोखरामा हुने ह्याण्डबल महिला र पुरुष दुवैतर्फ १६/१६ जना खेलाडी अन्तिम छनोटमा परेका छन्।
नेपाल ह्याण्डबल संघ अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशीष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन्।
महिला टिमतर्फ वविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, उमा राई, निशा राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झीनमाया थापा, आइताल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली र देवकुमारी बास्कोटा छन्।
छनोट समितिले पुरुष र महिलातर्फ ५/५ जना वैकल्पिक खेलाडी समेत छनोट गरेको छ।
महिलातर्फ खेलाडीमा जिना राई, साधना बम, विष्णा बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत छन्। पुरुषतर्फ वैकल्पिकमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन्।
छनोट समितिमा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ प्mलोरेन्सियो, ह्याण्डबलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग (राखेप) का उप–निदेर्शक हिमालराज दाहाल र वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण थिए।
संघ अध्यक्ष एवं नेपाल ओलोम्पिक कमिटी उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे।
गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथि उठाउने गरि आफ्नो खेल प्रस्तुत गर्न आग्रह गरे।
साग तयारीका लागि ह्याण्डबलको महिला तथा पुरुष टिमका राष्ट्रिय खेलाडी असोज १६ गतेबाट बन्द प्रशिक्षणमा थिए। बन्द प्रशिक्षण अन्तर्गत पहिलो चरणमा २८/२८ जना र दोश्रो चरणमा २२/२२ जना खेलाडी बन्द प्रशिक्षणमा थिए।
दोश्रो चरणको करिब १ महिनाको बन्द प्रशिक्षणपछि १६/१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन्। छनोट भएका खेलाडीले १३ औं साग अन्तर्गत ह्याण्डबल प्रतिष्पर्धामा उत्रने छन्।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१