नेकपा अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता नभए लगानीको वातावरण बन्न नसक्ने बताएका छन्। उनले समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भए पनि अब पनि मुलुक समृद्धितर्फ जाने उनले बताए।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा शुरु लगानी सम्मेलन–२०१९ मा सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र एउटै पार्टी नभई सत्ता पक्ष र प्रतिपक्ष दुवै मिलेर आएको बताए। उनले राम्रो काम भए सबैका लागि राम्रो हुने तर राम्रो हुन नसके तीन वर्ष पछि जनताले फैसला गर्ने बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएको बताए। उनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटक भित्रिने बताए।
‘भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण हुँदैछ, यो विमानस्थल निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकको संख्या झनै बढ्नेछ, ’ उनले भने। पर्यटनको विकासको निर्माणको लागि आधार तयार भएको र अब भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने उनले बताए। स्वदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१