पोखरा । शनिबार विहान मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) गेमका लागि बन्द प्रशिक्षणमा रहेका महिला ह्याण्डवलका राष्ट्रिय टोलीलाई जर्सी प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेश कुमार गुरूङले जर्सी उपलब्ध गराएका हुन् । खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, उपनिर्देशक कृष्ण तिमिल्सिना, क्रिकेटका कोषाध्यक्ष जिम्मी गुरुङ (चन्द्र), समाजसेवी बिमलमान गुभाजुलगायतले खेलाडीहरुलाई जर्सी वितरण गरे ।
शुरुमा २८ जना खेलाडीबाट प्रशिक्षण शुरु गरिएकोमा दोस्रो चरणको छनोटमा २१ जना खेलाडीहरु हाल पोखराको बन्द प्रशिक्षणमा छन् ।
दोस्रो चरणको छनोटमा विभागीय आर्मीबाट ११, सशस्त्र प्रहरी बलको एपीएफबाट ६, प्रदेश १ बाट ३ र गण्डकी प्रदेशबाट १ जना छन् ।
विभागीय आर्मीबाट कविता राई, शान्तिकला राई, बिष्णु बोगटी, रामकुमारी चौधरी, देबकुमारी बास्कोटा, बबिता श्रेष्ठ, कल्पना वली, मञ्जु राउत, दुर्गा बोहोरा, अर्चना न्यौपाने शारदा बि.क. छनोटमा परेका छन् ।
एपीएफबाट बन्दना राई, उमा राई, संगीता चौधरी, साधना बम, देवी श्रेष्ठ, आइते ल्हामु शेर्पा छनोटमा परेका छन् । प्रदेश १ बाट रञ्जना राई, निषा राई र जिना राई छनोटमा परेका छन् ।
गण्डकी प्रदेशबाट एक मात्र झिनमाया थापा छनोटमा परेकी छन् । नेपालको महिला राष्ट्रिय ह्याण्डबल प्रशिक्षकहरुमा बिन्दा थापा, भीमसेन शाक्य र कृष्ण शाक्य छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१