पाेखरा, ३१ भदौ । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छे् गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए । कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले उनीहरुलाई मंगलवार बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहसहित अन्य ४५ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताए । कानूनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै काङ्ग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१