एसओएसमा बालदिवस कार्यक्रम

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
sos photo_Fotor

‘सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ एसओएस हरमन माइनर विद्यालय गण्डकीमा बाल दिवस कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रममा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगत कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू राष्ट्रको भविष्य भएकाले सबैले उनीहरूको अधिकारको सुनिश्चितता गर्नुपर्ने र एसओएस नेपालले जोखिममा रहेका बालबालिकाको मायालु घर, परिवार, गुणस्तरीय शिक्षा र स्याहारको सुनिश्चितताको लागि लागिपरेको कुरा व्यक्त गरे।

विद्यालयका प्राचार्य राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्राचार्य चुडामणि सुवेदीले गरेका थिए। सो अवसरमा विद्यालयका प्राचार्यले विद्यालय देशभरबाट उत्कृष्ट विद्यालय घोषित हुन सफल भएकोमा सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीलाई धन्यवाद प्रकट गरेका थिए।

कक्षा नर्सरीदेखि कक्षा २ सम्म र कक्षा ३ देखि कक्षा ५ सम्म गरी दुई तहमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविता, नाटक लगायतका प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। जम्मा ५३ वटा एकल र सामूहिक प्रस्तुतिहरू रहेको उक्त बाल दिवस विशेष प्रतिभा प्रस्फुटन प्रतियोगितामा कक्षा नर्सरी देखि २ सम्म रोजमेरी खड्की प्रथम सुसन्न तामाङ द्वितीय संवीद ढुङ्गाना र सम्मि गुरूङ तृतीय र आयुष पोख्रेल चतुर्थ हुन सफल भए भने कक्षा ३ देखि ५ सम्मको प्रतियोगितामा स्मृति ढकाल प्रथम विभूति पाण्डे द्वितीय विद्या पराजुली र निम्वल पौडेल तृतीय र रोजी भूजेल चतुर्थ हुन सफल भए भने उक्त कार्यक्रममा निर्णायकको भूमिकामा नृत्य प्रशिक्षकद्वय सविना गुरूङ र संगीता आले थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width