लमजुङ, २० भदौ । लमजुङमा मानवीय सेवाका क्षेत्रका क्रियाशील नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७औँ स्थापना दिवस मनाइएको छ । सोसाइटीको जिल्ला शाखा र तार्कुघाट उपशाखाले राइनास नगरपालिका– ८ को हर्राबोटमा रहेको सर्वोदय सेवाश्रमका बृद्धबृद्धालाई सहयोगका साथ स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा सर्वोदय सेवाश्रममा रहेका जेष्ठ नागरिकलाई फलफूल, जुस, कम्वल र त्रिपाल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका सभापति दीपक बरालले रेडक्रसको मूलभूत सार नै मानवीय सेवाभाव र प्रेम भएकाले स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकहरुलाई आदार र सप्रेमका साथ फुलफुल र कम्वल वितरण गरिएकोे बताए । उनले रेडक्रस दुःखको साथी भएको बताउँदै मानवीय सेवामा अग्रिण संस्थाको रुपमा स्थापित नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवद्र्धनका क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ ।
सभापति बरालको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका पूर्वसभापति नारायणप्रसाद घिमिरे, उपसभापति टेकबहादुर रिमाल, तार्कघाट उपशाखाका सभापति विष्णुमाया धिताल, सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया लगायतले रेडक्रस र मानवताका वारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला शाखाका मन्त्री सुशीलचन्द्र अधिकारीले गरेका थिए । उनका अनुसार लमजुङमा जिल्ला शाखा सहित २३ उपशाखा र ७० भन्दा वढी जुनियर रेडक्रस सर्कलमा आवद्ध कर्मचारी र स्वयंसेवकले विविध सामाजिक तथा मानवीय सेवामूलक गतिविधिमा सहभागिता हुँदै आएका छन् ।
फोटो छ ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१