भ्रष्टाचार मुक्त र धार्मिक एवम् पर्यटन युक्त समाजका लागि साइकल यात्रा

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७६
20190815_095406

लमजुङ, ३० साउन । लमजुङमा एकजना फकर शैलीका साइकल यात्री देखिए । भ्रष्टाचार मुक्त र धार्मिक एवम् पर्यटन युक्त समाज बनाउने अभियानका साथ खोटाङबाट साइकल यात्रामा निस्केका रहेछन् ।

खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका– ४ खाल्ले गाउँका स्थायी बासिन्दा कर्ण श्रेष्ठले अभियानका क्रममा लमजुङ आफ्नो भ्रमणको ३७औं जिल्ला भएको र आउँदो मंसिरभित्र बाँकी सबै जिल्लाको भ्रमण सक्ने योजना सुनाए । दुई छोराका बाबु, ३४ वर्षीय उनले ‘भ्रष्टाचार मुक्त समाजको निर्माण गरौं, धार्मिक एवम् पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ अभियान थालेको उनले पत्रकारहरूलाई बताए ।

खोटाङ उद्योग वाणिज्य संघको सदस्य समेत रहेको उनी अभियानका क्रममा आफू पुगेको जिल्लामा स्थानीय तह, जिल्ला प्रशासन, जिल्लाका क्रियाशील पत्रकारहरू, उद्योग वाणिज्य संघ आदि सबैमा अन्तरक्रिया गरी आफ्नो अभियानका बारेमा जानकारी दिने गरेको बताए ।

२०७५ को चैत ३ गतेबाट उनले आफ्नै गृहजिल्लाको सदरमुकामबाट अभियानको घोषणा गरी यात्रामा निस्केको उनले आजका दिनसम्म कुनै अप्ठेरो झेल्न नपरेको तर महोत्तरीमा जाँदा जिल्ला प्रशासनको भर्याङ ओर्लने क्रममा लडेर डेढ महिना उपचारमा विताउनु गरेको बताए । त्यसरी रेष्ट गर्नु नपरेको भए ७७ जिल्ला पुग्ने यो अभियान वडादशैं अगावै सक्ने योजना गरेको उनले सुनाए ।

उनले भने, ‘नेपालमा निम्नस्तरको व्यक्तिलाईमात्र कानुन लाग्ने भएपछि भ्रष्टाचार कसरी हट्न सक्छ ? शिक्षाको अवस्था पनि उस्तै छ, बोर्डिङको महंगो शिक्षा गरिबका छोराछोरीले कसरी पढ्न सक्छन् ?’ यसैले यो देश बनाउने जिम्मा नेताको हातमा मात्र दिएर हुँदैन हामी आफूहरू सबै जाग्नु पर्छ, लाग्नु पर्छ भन्ने सन्देश दिन आफू यात्रामा हिडेको उनको भनाई छ । ‘दिगो आर्थिक विकासका लागि शिक्षा आवश्यक छ । भ्रष्टाचार न्यूनीकरण नगरी समृद्धि प्राप्त हुँदैन ।’ उनले भने ।

आजसम्मको यात्राको खर्च प्रायः आफैले बेहोर गरेको बताउनु उनले कतैकतै उद्योग वाणिज्य संघले पनि खाने बस्ने व्यवस्था गरेको छ र यहाँ पनि त्यो सहयोग पाएको छु उनले बताए । उनले भने ‘आफूले यात्राका क्रममा चलाएको साइकलको मूल्य एक लाख २० हजार रुपैयाँ पर्छ, त्यो काठमाडौंको असनमा रहेको पेङ वाइग पसलबाट निःशुल्क प्राप्त भएको हो ।’

Related News

सम्बन्धित समाचार

hero news full width