लमजुङ, ३० साउन । लमजुङको एक शिवालय हातामा ‘बाल उद्यान’ निर्माण गरिएको छ । सुन्दरबजार नगरपालिका– ६, स्थित शिवालय मन्दिर परिसरमा ‘बाल उद्यान’ निर्माण गरिएको हो ।
धार्मिक एवम् ऐतिहासिक महत्वको शिवालय मन्दिरमा रहेको एक रोपनी क्षेलफलमा ‘बाल उद्यान’ बनाइएको हो । त्यस कार्यमा दश लाख रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ । पार्कलाई तारजालीले समेत घेरिएको छ । पार्कमा जानका लागि फलामे ढोका निर्माणका साथै स–साना गिट्टी बिछ्याएर ६६ मिटर लम्बाइ र डेढ मिटर चौडाइको बाटो बनाइएको सुन्दरबजार नगरपालिका– ६, का वडाध्यक्ष रघुनाथ मिश्रले बताए ।
उनका अनुसार पार्कमा सिलिबिलि खेल्ने संरचनाका साथै फलामे पिङ, चाकाचुली लगायतका खेल संरचना पनि बनाइएको छ । ‘पार्कमा २ वटा सिलिबिलि खेल्ने संरचनाका साथै ४ वटा फलामे पिङ र एउटा चाकाचुली छ,’ वडाध्यक्ष मिश्रले भने, ‘पार्क बनेपछि बालबालिकाले सहज र सुरक्षित रूपमा खेल्न, रमाउन पाएका छन् ।’
पार्क निर्माणका लागि सुन्दरबजार नगरपालिकाको महिला तथा बालबालिका शाखाले गत आर्थिक वर्ष ०७५÷०७६ मा १० लाख रुपैयाँ छुट्याएर सो कार्य गरिएको सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले बताए । बिदाको समयका साथै बिहान–बेलुकीको समयमा स्थानीय बालबालिकालाई खेल्नका लागि सहज होस भनेर ‘बाल उद्यान’ बनाइएको हो, उनले भने ।
‘बालबालिका सडकमा जथाभावी खेल्दा सवारी दुर्घटनाको जोखिम बढ्यो । उनले भने ‘सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्नुका साथै स्थानीय बालबालिकालाई सुरक्षित र सहज रूपमा खेल्ने वातावरण सिर्जना गर्न ‘बाल उद्यान’ बनाइएका हौं’ । उनका अनुसार उद्यान बनेपछि बालबालिका सडकमा खेल्न छाडेको अभिभावकले बताउन थालेका छन् ।
पार्क बनेसँगै बालबालिका सडकमा खेल्न छाडेको सुन्दबजार नगरपालिका– ६ का वाडध्यक्ष रघुनाथ मिश्रले जानकारी दिए । उनका अनुसार यसबाट सम्भावित सडक दुर्घटना न्यूनीकरणमा टेवा पुगेको छ । उनले भने, ‘पार्कमा शौचालय, खानेपानी, राउण्ड कटेज, काठको रोटेपीङ निर्माणका साथै ‘फ्री वाइफाइ’को समेत व्यवस्था गर्ने लक्ष्य छ, त्यो काम चालु आवमा हुन्छ ।’ यस कार्यका लागि वडाबाट चार लाख रुपैयाँको बजेट छुट्याएको छ, नगरपालिका, प्रदेशसँग माग गर्न बाँकी छ वडाध्यक्ष मिश्रले बताए । उनले भने, ‘आउँदो वडादशैंकै समय काठको रोटेपिङ निर्माणको लक्ष्य छ, लिंगे पिङ त भैहाल्छ ।’
व्यवस्थित भएपछि पार्कमा एउटा ‘काउण्टर’ बनाएर कर्मचारी राखिनेछ र ती कर्मचारीले नै पार्कको सरसफाइका साथै रेखदेखको काम गर्ने योजना रहेको मिश्रले जानकारी दिए । उनका अनुसार पार्कलाई व्यवस्थित बनाएपछि प्रतिव्यक्ति १० रुपैयाँका दरले टिकट शुल्क लिने योजना छ । शनिबार तथा विदाका दिनमा दिनभर र अन्य बार साँझ ५ बजेपछि पार्क खोल्ने योजना वडासमितिको रहेको वडाध्यक्ष मिश्रले बताए ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१