पाेखराका विद्यालयमा भोलि ट्होटें पर्वकाे बिदा, बिहिबार र शुक्रबार पनि नखुल्ने

Suraj Hazare Dahal
श्रावण २७, २०७६
1d4eef3d-2e86-4d5b-8d1d-b4608105a51d

पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पोखरा महानगर क्षेत्रका विद्यालयलाई सूचना जारी गर्दै भोलि  मंगलबार गुरुङ समुदायको ट्होटें पर्व मनाउनका निम्ति बिदा दिन अनुरोध गरेको छ । अनुरोध अनुसार पोखराका विद्यालयहरुले विद्यार्थीलाई भोलि बिदा हुने सूचना दिएका छन् । केहि विद्यालयहरुले भने आफ्नो वार्षिक क्यालेण्डरमै ट्होटें पर्वको लागि स्थानीय बिदा दिइसकेका थिए । महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम ६६ को उपनियम ३ मा विद्यालय स्वयंले एक शैक्षिक सत्रमा ५ दिनसम्म स्थानीय बिदा दिन सक्ने व्यवस्था छ । सोहि व्यवस्था बमोजिम उक्त पर्व मनाउन बिदा दिन अनुरोध गरिएको हो । तमुधि नेपाल केन्द्रिय कार्यालय, पोखराले लोप हुन लागेको पर्वलाई संरक्षण गर्नका लागि स्थानीय बिदा दिन महानगरलाई अनुरोध गरेको थियो । यस्तै जनैपूर्णिमाको दिन साउन ३० गते बिहिबार र गाईजात्रा मनाउन साउन ३१ गते शुक्रबार पोखराका निजी विद्यालयहरुले शिक्षा नियमावली अनुसार ५ दिने स्थानीय बिदामा कट्टी हुने गरि बिदा दिने भएका छन् । स्मरण रहोस् सरकारले जनैपूर्णिमा दिइँदै आएको सार्वजनिक बिदालाई यो वर्षदेखि हटाएको छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width