म्याग्दी,२४ साउन । म्याग्दीको दुर्गम चिमखोलामा स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर गाउँमा नमूना पदमार्ग निर्माण गरेका छन् ।
रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँको शीरमा रहेको मण्डली थानमा जानको लागि गाउँलेहरुले चन्दा सहयोग जुटाएर नमुना पदमार्ग, थानको संरक्षणको लागि घेराबार लगायतका पूर्वाधार निर्माण गरेका हुन् ।स्वदेश तथा विदेशमा रहेका चिमखोलाबासीहरुको अगुवाईमा आर्थिक संकलन गरेर गाउँ देखि मण्डली थान सम्म पुग्न ३ सय मिटर पदमार्ग निर्माण गरेका छन् ।
कुदेका ढुङ्गालाई चिटिक्क मिलाएर राखिएको छ । पदमार्ग बनाउनका लागि गाउँलेहरुले जंगलबाट ढुङ्गा बोकेर ल्याएका हुन । पदमार्ग निर्माणका लागि १० लाख ९७ हजार रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर पुनले बताए ।
‘गाउँवरपर सिढी चिन्ने ढुंगा पाउन सकिएन, गाउँदेखि तीन घण्टा टाढाको जंगलमा ढुंगा फोरेर ल्याएका हौं , निर्माण भएको पदमार्गमा रेलिङ हालेर थप व्यवस्थित बनाइएको छ’, निर्माण समितिका अध्यक्ष पुनले भने । गाउँदेखि मण्डली थान जाने साँघुरो बाटोमा ढुंगा चिनेर फराकिलो पदमार्ग निर्माण भएपछि भक्तजन र पर्यटकहरुलाई आवत जावतमा सहजता मिलेको छ ।
मण्डली थानमा पूर्वाधार निर्माणको लागि चिमखोलाबासी संगै अन्य सहयोगदाताहरुले समेत आर्थिक सहयोग गरेका छन् । पूर्वाधार निर्माणको लागि २९ लाख रुपैयाँ बढी रकम संकलन भैसकेको मण्डली थान संरक्षण समितिका अध्यक्ष यामबहादुर रोकाले बताए । उनका अनुसार, थानमा आएर पुजा गरेका व्यक्तिहरुबाट स्वतस्र्फुत रुपमा पूर्वाधार निर्माणको लागि सहयोग आउने क्रम जारी छ ।
‘हामीले थानमा जाने पदमार्ग बनाउने योजना मात्रै बनाएका थियौँ, सहयोग गर्नेहरुको संख्या सोचेभन्दा राम्रोसंग बढ्यो, अब बाँकी रहेको बजेटबाट खानेपानी, प्रवेशद्धार , विजुलीको सुविधा पु¥याउने लगायतका थप पूर्वाधार निर्माण गछौँ’,अध्यक्ष रोकाल भने । मण्डली थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय अग्रसर भएका छन् ।
थानको संरक्षण र पर्यटन पूर्वाधार निर्माणमा गाउँपालिकाले समेत सघाउन थालेको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिका मार्फत विनियोजन भएको ८ लाख ५० हजार रुपैयाँ बजेट मार्फत मण्डली थानमा घेराबार समेत गरिएको वडा अध्यक्ष देउप्रसाद पुनले जानकारी दिए । उनले वडामा रहेका धार्मिक पर्यटकीय स्थलको संरक्षण ,प्रवद्र्धन तथा प्रचारप्रसार गर्न गाउँपालिकाले योजना बनाएको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१