डुम्रेबजारमा प्रभु बैंक

एजेन्सी
श्रावण २१, २०७६
Prabhu Bank_Fotor

प्रभु बैंक लिमिटेडले तनहुँको बन्दीपुर–१, डुम्रेबजारमा शाखा विस्तार गरेको छ। शाखाको सोमवार बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले उद्घाटन गरे।

उक्त कार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरु तथा विभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेख्य सहभागिता थियो।

बैंकका गण्डकी प्रदेशका क्षेत्रीय अधिकृत भेषराज धमलाले बैंकको सेवा सुविधाबारे प्रकाश पारेका थिए।

कार्यक्रम संचालन प्रभु बैंकका गण्डकी प्रदेशका प्रदेश अधिकृत राजु रानाले गरेका थिए। हाल प्रभु बैंकको देशभर १ सय ९१ शाखा रहेका छन् भने ८ अर्ब ८९ करोडभन्दा बढी चुक्ता पुँजी रहेको छ। बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधा दिँदै आएकोमा सो शाखाको संचालनबाट सो क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा सुविधा मिल्ने बैंकका गण्डकी प्रदेश सहायक प्रमुख वीरेन्द्र भट्टले विश्वास व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

hero news full width