वालिङ, १९ साउन । शान्तिका लागि विशाल बोलबम यात्रीलाई आइतबार वालिङबाट विदाई गरिएको छ । वालिङ बोलबम समितिको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिने बोलबम यात्रा १५ पटकको हो । १५ औं पटक वालिङदेखि मनाङको तिलिचो तालसम्मको यात्रातय गरिएको वालिङ बोलबम समितिका प्रवक्ता युवराज गौतमले बताए ।
बोलबम समितिको अगुवाइमा सहभागी यात्रीहरुलाई आइतबार वालिङ खेलमैदानबाट बिदाई गरिएको हो । उनले बोलबम समितिले देशका विभिन्न भागमा गएर धार्मिक एवं आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याएको दाबी गरिन् ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, वालिङ नगर प्रवक्ता केदार काफ्ले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले यात्राको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
वालिङ बोलबम समितिका उपाध्यक्ष चन्द्रमान श्रेष्ठको स्वागतसँगै शुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष दीपेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव राजु तिवारीले गरेका थिए ।शान्तिका लागि विशाल बोलबोम यात्रा झण्डै एकसाताको हुने बताइएको छ । बोलबम यात्रामा झण्डै एकसय जनाको सहभागिता रहेको छ ।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१