वडाध्यक्ष पौडेललाई मातृशोक

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७६
ganga naya paudel photo

पोखरा, १९ साउन । पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेललाई मातृशोक परेको छ ।

पौडेलकी ६७ वर्षीया आमा गंगादेवी पौडेलको शनिवार निधन भएको हो । स्वर्गीय पौडेललको शनिवार नै पोखराको सेती नदीमा अन्त्यष्टि गरिएको छ । स्वर्गीय पौडेललाई श्रद्धाञ्जलि दिन नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, कास्की जिल्ला सहइन्चार्ज श्रीनाथ बराल, नेकपा कास्की जिल्ला सचिव वखानसिंह गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ लगायतका नेता सेती नदी घाटमा पुगेका थिए । स्वर्गीय पौडेललका चार छोरा, १ छोरी र ११ नातिनातिना रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width