रुपन्देहीमा भालुको छाला र दाँत वरामद

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६
chala a

बुटवल १७ साउन । रुपन्देहीको सैनामैना स्थित एक होटलबाट भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका,१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका,२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका,७ बस्ने ४३ वर्षीय धनवीर बिक र पाल्पा तिनाऊँ गाउँपालिका,१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपि ह्दय थापाले जानकारी दिए । यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जंगली जनावरको तस्करी गर्ने उनीहरुको वारेमा विशेष सुराकी पाएपछि प्रहरीले पिछा गरी पक्राउ गरेको जनाएको छ । यस्ता जनावरका छाला, पित्त र दाँत धेरै मुल्यमा विक्रि गर्न भन्दै उनीहरुको शहर पस्न थालेको पनि खुलेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width