सांग्रिलामा मजदुर संघ

एजेन्सी
श्रावण १५, २०७६
sangrila hotel news logo

पोखरा, १५ साउन । सांग्रिला भिलेज रिसोर्ट प्रालिमा नेपाल पर्यटन होटल सम्वद्ध श्रमिक संघ इकाई समिति गठन भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध श्रमिक संघमा लोकप्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । भेलाले उपाध्यक्षमा पुष्पराज अधिकारी, सचिवमा चन्द्रबहादुर पौडेल, कोषाध्यक्षमा हरिकृष्ण खिचाजु, सहसचिवमा वीरेन्द्र मल्ललाई चयन गरेको छ । बाँकी सदस्य विधान अनुरुप मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष लोकप्रसाद पोडेलले जानकारी दिए ।

चन्द्रबहादुर पौडेलको अध्यक्षतामा बसेको भेलामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सिनाले मजदुरका हक र हितकालागि संगठन निर्माण सकारात्मक पक्ष भएको बताएका थिए ।

होटल सांग्रिलामा आधिकारीक ट्रेड युनियनको निर्वाचन हुन सकेको छैन । मजदुर भेलामा बलबहादुर गुरुङ, टेकबहादुर सुनार, माधव पाण्डे, विक्रम कोइराला, प्रवीण श्रेष्ठ,, रामजी नेपाली, रामबहादुर थापा, विक्रम नेपाली, भरतबहादुर खत्री, चक्रबन्धु रेग्मी लगायतले मजदुरका अधिकार स्थापित गर्न संघ प्रतिवद्ध भएर लाग्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width