भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले अनुदानमा कृषि सहकारीहरुलाई १४ वटा पिक अप गाडी प्रदान गरेको छ ।
मन्त्रालयमा शनिवार एक कार्यक्रम आयोजना गरी सहकारीबाट सञ्चालन भएका कृषि संकलन केन्द्र तथा कृषि हाट बजारमा तरकारी ढुवानीको लागि उक्त गाडीहरु प्रदान गरिएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीका अध्यक्ष तथा प्रतिनिधिलाई गाडीको चाँबी प्रदान गरिन् ।
मन्त्री पौडेलले प्रदेश ५ सहकारी कृषि सहकारी मार्फत किसानको उत्पादन बजारीकरणमा विषेश जोड दिइएको बताइन् । चौध सहकारी संस्थालाई गाडी प्रदान गरिएको हो भने केही दिनमा नै थप ५ वटा गाडी बाँकेमा कार्यक्रम आयोजना गरी प्रदान गरिने कार्यक्रम छ ।
मन्त्रालयका महाशाखा प्रमुख डा प्रदीप शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा अधिकृत लक्ष्मण पौडेल, नयाँ वर्ष कृषि सहकारी संस्था अध्यक्ष जीवन न्यौपाने, सहकारी महाशाखा अधिकृत ज्ञानहरि पन्थी लगायतले आ आफ्नो धाराणा राखेका थिए ।
मन्त्रालयले १० लाख र सहकारीबाट ११ लाख ९५ हजार रुपैयाँ गरी कुल २१ लाख ९५ हजारमा महेन्द्र कम्पनीका पिक अप गाडी प्रदान गरिएको हो । साना किसान कृषि सहकारी संस्था भूमिकास्थान नगरपालिका अर्घाखाँची, साना किसान कृषि सहकारी संस्था सन्धीखर्क अर्घाखाँची, सिलसिला बहुउद्देश्यीय सहकारी संस्था सन्धीखर्क अर्घाखाँची, आशिष कृषि सहकारी संस्था कपिलवस्तु, नयाँ अभियान कृषि सहकारी संस्था गुल्मी, सूयोर्दय कृषक बहुउदेश्यीय सहकारी संस्था दाङ्ग, गणेश गंगा कृषि सहकारी संस्था दाङ्ग, मैनादी कृषि सहकारी संस्था पाल्पा, जनसाहरा कृषि सहकारी संस्था पाल्पा, हरिओम कृषि सहकारी संस्था प्यूठान, युगप्रवाह कृषि सहकारी संस्था प्यूठान, नयाँ कृषि अभियान कृषि सहकारी संस्था बुटवल रुपन्देही, कदम हिला कृषि सहकारी संस्था रुपन्देही, जेलबाङ्ग कृषि सहकारी संस्था रोल्पाले उक्त गाडी अनुदानस्वरुप प्राप्त गरेका छन् । यस्तै, मिलन कृषि सहकारी संस्था बर्दिया, साना किसान कृषि सहकारी संस्था बर्दिया, भेरी शीतभण्डार कृषि सहकारी संस्था बाँके, एभरेष्ट कृषि सहकारी संस्था बाँके, आस्था कृषि सहकारी संस्था बाँकेलाई समेत पिक अप गाडी प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१