पोखरा । नयाँ चलचित्र ‘माछा माछा’ को फस्र्ट लुक (पोष्टर) सार्वजनिक गरिएको छ ।
यस चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । कात्तिकको २९ गतेबाट चलचित्र रिलिज हुने घोषणा निर्माण पक्षले गरेको छ । निर्माण पक्षले यो चलचित्रको फस्र्टलूक (पोस्टर) सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिदिएको छ ।
सुनिल गुरुङ यस चलचित्रका लेखक निर्देशक हुन् । उनका अनुसार ३ जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा यो चलचित्र निर्माण गरिएको हो ।
चलचित्र माछा माछामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको केन्द्रीय भूमिका छन् । मंगलबार पोस्टर सार्वजनिक गरेपनि टिमले सिनेमाको कथाबस्तु र पात्रबारे खुलाएको छैन । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समूह र माओत्से गुरुङको समूह देखिएका छन् । पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठ पनि देखिएकी छन् ।
माओत्सेको समूहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्पले दर्शकमा कौतुहलता सृजना गर्छ । सिनेमामा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र निर्देशक गुरुङको लेखन छ । सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राइको लगानी छ । चलचित्रको सह निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । मणिराम पोखरेल फिल्मका कार्यकारी निर्माता हुन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१