संयुक्त राज्य अमेरिकाले चौथो पटक महिला विश्वकपको उपाधि जितेको छ ।
आइतबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो ।
अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेलले समान एक/एक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सुरुबाटै लगातार आक्रामक खेलेको अमेरिकाले पहिलो हाफमा आधा दर्जनजति नेदरल्यान्ड्सको पोस्टमा प्रहर ग¥यो । तर, डच किपरले अमेरिकाको सबै प्रयासहरुलाई असफल तुल्याइ दिइन् ।
दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । बक्स क्षेत्रमा डच डिफेन्डरले अमेरिकन खेलाडीलाई किक हानेर लडाएपछि रेफ्रीले भिएआरको प्रयोग गरेर अमेरिकालाई पेनाल्टी मौका दिएकी थिइन् ।
६९ औं मिनेटमा रोस लाभेल अमेरिकाको अग्रता दोब्बर पारिन् । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अमेरिकाले २–० ले जित्यो ।
अमेरिकाको यो चौथो उपाधि हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको नेदरल्यान्ड्स भने उपविजेता मै समेटिन पुग्यो ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१