अपांगता अधिकार तालिम

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
apanga photo

पोखरा, २२ असार । अपांगता भएकाहरुको अधिकारबारे अपांगता भएकै ब्यक्तिहरु र तिनका परिवारलाई जानकारी गराएको छ । सृजनशील अपांग समाज कास्कीले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा यस्तो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कास्की र तनहुँका अपांगता भएका ब्यक्ति र तिनका अविभावकको सहभागिता रहेको थियो । असार २० र २१ गरी दुई दिनसम्म चलेको उक्त तालिममा अपांगता भएका ब्यक्तिहरु सम्बन्धी विद्यमान नेपालको कानून, अपांगता भएका ब्यक्तिको अधिकारबारे कृष्ण लामिछानेले सहजीकरण गरेका थिए ।

त्यस्तै तालिमको अर्काे चरणमा अपांगता भएका ब्यक्तिहरुलाई विभिन्न क्षेत्रबाट प्रदान हुँदै आएको सेवा सुविधाको बारेमा सृजनशील अपांग समाजका उपाध्यक्ष शंकर बास्तोलाले जानकारी गराएका थिए । अपांग धेरै प्रकारका हुने र कुन खालका अपांगता भएका मानिसहकुन बर्गमा पर्ने भन्नेबारे संस्थाका अध्यक्ष विष्णु सिग्देलले सहजीकरण गराए । संस्थाका सचिब नवराज अधिकारीले भने अपांगमैत्री भौतिक संरचना र संचारमा पहुँचबारे जानकारी गराएका थिए ।

राष्ट्रको दिगो विकासको लक्ष्यमा अपांगता भएकाहरुको विषय कसरी समाबेश भएको छ, अपांगता भएका ब्यक्तिको सशक्तिकरणमा स्थानीय तहको भूमिका, अपांग परिचयपत्र र त्यसको महत्व, अपांगता भएका ब्यक्तिहरुका सवाल र अपांगता भएका ब्यक्तिहरुको सशक्तिकरणमा परिवार, समाज, राज्यको दायित्व र भूमिका के रहने भन्नेबारे संस्थाका सल्लाहकार फणिन्द्र पौडेल लगायतले जानकारी गराएका थिए ।

दुइ दिने तालिमको समापन कार्यक्रमा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले अपांगता भएका ब्यक्तिहरुले भोग्ने दुःखकष्ट कम गर्न सरकारले विभिन्न खाले कार्यक्रम गर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै