मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टमा जुवाघर (क्यासिनो) खोल्नुपर्ने बताएका छन्। केही समयअघि रेडलाईट एरिया र इन्जोय जोनले चर्चामा रहेका मुख्यमन्त्री गुरुङले पर्यटनसँगै जोडेर क्यासिनो खोल्नुपर्ने विषय उठाएका हुन्। अन्य देशहरु क्यासिनोबाट धनी भएको भन्दै गण्डकी सरकारले पनि त्यसलाई पछ्याउनुपर्ने बताए। ‘मकाउको अर्थतन्त्रको मुख्य आधार जुवा हो। क्यासिनो हो। त्यहाँ ५/६ लाख मान्छे दिनभरि जुवाखालमा हुन्छन्। त्यहाँ बसले निःशुल्क लगिदिन्छ, ल्याइदिन्छ,’ उनले भने, ‘दूध, पाउरोटी, चिया खान दिन्छ। भित्र पनि सबै निःशुल्क छ। तर, त्यहाँ खेल्ने मान्छे भने सबै टाईसुट लगाएका हुने रहेछन्।’
नेपालमा यसको गलत प्रयोग भएको भन्दै उनले व्यवस्थित गर्न सके सरकारले करको दायरामा ल्याउने र पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए। ‘हाम्रोमा कौडा हानेर घरबार बिगारेको। सम्पत्ति सकेको, श्रीमती र छोराछोरीलाई दाउ हानेको सुन्छौँ,’ उनी भन्छन्, ‘त्यसकारणले हामीले जुवा खेल्नेलाई खत्तम भन्छौँ। तर, व्यवस्थित क्यासिनो खोल्न जरुरी छ। त्यहीँ आउँछ, त्यहीँ खेल्छ, त्यहीँ खान्छ। क्यासिनोले सरकारलाई कर पनि तिर्छ। पर्याप्त पर्यटक आउँछन्। जति धेरै बस्यो, उति धेरै पैसा पायो। जति धेरै सुत्यो, उति धेरै पैसा पायो। जति धेरै पियो, उति धेरै पैसा पायो। यो चाहिँ नेपालीका लागि होइन, विदेशलाई हो।’ क्यासिनो नराम्रो नभएको उनको तर्क छ। यस्तै उनले प्रत्येक स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नै समिति गठन गर्न र आवश्यक प्रचार गर्न सुझाए। जिल्ला र स्थानीय तहका सदरमुकाममा मेला महोत्सव गरेर पर्यटक बोलाउन उनको आग्रह छ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१